१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बङ्गलादेशले दियो नेपाललाई जितका लागि १०७ रनको लक्ष्य

बङ्गलादेशले नेपालसमक्ष जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै अलआउट हुँदै १०६ रन बनायो।

सुरुदेखि नै दबाबमा रहेको बङ्गलादेशका कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन्। ओपनर ब्याट्सम्यान तान्जिद हसन शून्य रनमै आउट हुँदा शाकिब अल हसनले १७ रन जोडे। महमुदुल्लाह र रिसज होसेनले समान १३/१३ रन बनाउँदा जाकिर अलि र तास्किन अहमदले समान १२/१२ रन बनाए। कप्तान नजमुल होसेन सान्टो ४ रनमा आउट हुँदा लिटन दास १० र तोहिद हृदोय ९ रनमा आउट भए।

बङ्गलादेशलाई १०६ रनमा समेट्न नेपालका सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान २/२ विकेट हात पारे।

प्रकाशित: ३ असार २०८१ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App