१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

पाकिस्तानले टस जित्यो, आयरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने

आइसिसी टी-२० विश्वकप क्रिकेटमा आयरल्यान्डविरुद्ध पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ। पाकिस्तानमा कप्तान बाबर अजामले टस जितेर आयरल्यान्डलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।

समूह ‘ए’ अन्तर्गतको यो अन्तिम खेल नेपाली समयअनुसार राति सवा ८ बजे अमेरिकाको फ्लोरिडामा सुरु हुँदै छ। समूह ‘ए’ बाट अपराजित भारत ७ अंकमा शीर्ष र अमेरिका ५ अंकमा दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगिसकेका छन्।

क्यानडासँगै पाकिस्तान र आयरल्यान्ड समूह चरणबाटै बाहिरिएका छन्। आजको खेल पाकिस्तान र आयरल्यान्डका लागि प्रतिष्ठाको लडाइँमात्र हुनेछ।

भारत र अमेरिकासँग पराजित पाकिस्तानले क्यानडालाई भने हराएको थियो। अमेरिकासँग अंक बाँडेको आयरल्यान्ड भारत र क्यानडासँग भने पराजित भएको थियो। पाकिस्तानको २ र आयरल्यान्डको एक अंक छ।

आजको खेलमा जित निकाल्न सके दुवै टोलीले समूहको तेस्रो स्थानमा रहँदै प्रतियोगिताको सुखद् अन्त्य गर्नेछन्।

पाकिस्तानः  मोहम्मद रिजवान (विकेटकीपर), सैम अयुब, बाबर आजम (कप्तान), फखर जमान, उस्मान खान, शादाब खान, इमाद वासिम, शाहीन अफ्रिदी, अब्बास अफ्रिदी, हरिस रौफ, मोहम्मद आमिर।

आयरल्यान्डः एन्डी बालबर्नी, पल स्टर्लिङ, लोर्कन टकर, ४ ह्यारी टेक्टर, कर्टिस क्याम्पर, जर्ज डकरेल, ग्यारेथ डेलानी, मार्क एडेयर, ब्यारी म्याकार्थी, जोश लिटल, बेन ह्वाइट।

प्रकाशित: २ असार २०८१ २०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App