४ असार २०८१ मंगलबार
image/svg+xml
खेल

पावर प्लेमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले ३२ रन बनायो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले  ३२  रन बनाएको छ । नेपाले ६ ओभरमा कुनै  विकेट नगुमाएर ३२ रन बनाएको हो । नेपालका लागि  कुसल भुर्तेलले १२  रन तथा आसिफ शेखले  १४ रन बनाए ।

 दक्षिणअफ्रिकाले ६ ओभरमा १ विकेट गुमाएर ३८ रन बनाएको थियो । पहिलो विकेटको रुपमा  क्विन्टन डि कक आउट भएका थिए । उनलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए ।  

यस अघि टस हारेर पहिला व्याटिङदक्षिणअफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो।नेपालका लागि कुसल भुर्तेले ४ तथा दिपेन्द्र सिंह ऐरीले  ३ विकेट लिए ।  

दक्षिण अफ्रिकाको प्लेइङ : क्विन्टन डि कक, रिजा हेन्ड्रिक्स, एडेन माक्ररम, हेनरिक क्लासेन, डेविड मिलर, ट्रिस्टन स्टब्स, मार्को यानसन, कागिसो रबाडा, एनरिक नोर्किया, ओटनिल बार्टमान र तबरेज शाम्सी

नेपालको प्लेइङ :कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रकाशित: १ असार २०८१ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App