४ असार २०८१ मंगलबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाको तेस्रो विकेट गयो ,कुशल भुर्तेलले दुई विकेट लिए

 तेस्रो विकेटका रुपमा हेनरिक क्लासेन आउट भएका हुन । क्लासेन ३ रनमा आउट भएका हुन । दक्षिणअफ्रिकाको  तेस्रो विकेट ७४ रनमा गएको हो ।  

यस अघि पनि भुर्तेलले दोस्रो विकेटका रुपमा कप्ता एडेन माक्ररमलाई १५ रनमा आउट गरेका थिए । दक्षिण अफ्रिकाको दोस्रो विकेट ११ दशमलब २ ओभरमा ६८ रन हुँदा खसेको हो ।

नेपालका लागि पहिलो दीपेन्द्रसिंह ऐरीले विकेट लिएका हुन । उनले क्विन्टन डि ककलाई १० रनमा आउट गरेका हुन । दक्षिण अफ्रिकाको पहिलो विकेट ३ दशमलब ४ ओभरमा २२ रन हुँदा खसेको हो ।

सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा राखिएको छ । बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।

दक्षिण अफ्रिकाको प्लेइङ स्क्विन्टन डि कक, रिजा हेन्ड्रिक्स, एडेन माक्ररम, हेनरिक क्लासेन, डेविड मिलर, ट्रिस्टन स्टब्स, मार्को यानसन, कागिसो रबाडा, एनरिक नोर्किया, ओटनिल बार्टमान र तबरेज शाम्सी

नेपालको प्लेइङ : कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रकाशित: १ असार २०८१ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App