१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

टी २० विश्वकप क्रिकेटः पाकिस्तानबिरुद्ध क्यानडाले १०६ रन बनायो

आईसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत  पाकिस्तानविरुद्ध क्यानडाले १०६ रन बनाएको छ।

अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी यी दुई विचको खेलमा  पाकिस्तानले  टस जितेर  क्यानडालाई पहिला ब्याटिङ निम्तो दिएको हो । क्यानडाले पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ७ विकेटको नोक्सानीमा १०६ रन बनाएको हो ।  

क्यानडाका लागि सबैभन्दा बढि आरोन जोन्सनले ५२ रन बनाए । उनले ४४ बलमा ४ छक्का र ४चौक्कासंगै ५२ रन जोडेका हुन । त्यसैगरी कलीम सानाले १३ र कप्तान साद बिन जफरले १० रन बाहेक अरु कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद अमिर र हरिस रउफले दुई दुई विकेट लिए । त्यसैगरी शाहीन शाह अफ्रिदी र नसीम शाहले एक एक विकेट लिए ।   

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान आज पहिलो जितको खोजीमा मैदान उत्रने छ भने साद बिन जाफरको कप्तानीमा रहेको क्यानडा आफ्नो दोस्रो जितको खोजीमा रहने छ।

हालसम्म जारी सिजनमा पाकिस्तानले एक खेलमा पनि जित निकाल्न सकेको छैन भने क्यानडाले एक खेल जितेको छ र अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।जारी खेलमा पाकिस्तान आयोजक अमेरिकासंग सुपर ओभरमा तथा भारतसंग ६ रनले पराजित भएको थियो । क्यानडाले भने पहिलो खेलमा अमेरिकासंग हारेको हो ।  

पाकिस्तानः १ मोहम्मद रिजवान(विकेटकीपर), २ सैम अयुब, ३ बाबर आजम (कप्तान), ४ फखर जमान, ५ उस्मान खान, ६ शादाब खान, ७ इमाद वासिम, ८ शाहीन शाह अफ्रिदी, ९ नसीम शाह, १० हरिस रउफ, ११ मोहम्मद अमिर

क्यानडाः १ आरोन जोन्सन, २ नवनीत धालीवाल, ३ परगट सिंह, ४ निकोलस किर्टन, ५ श्रेयस मोव्वा (विकेटकीपर), ६ रविन्द्रपाल सिंह, ७ डिलोन हेलिगर, ८ साद बिन जफर (कप्तान), ९ कलीम साना, १० जुनैद सिद्दीकी, ११ जेरेमी गोर्डन

प्रकाशित: २९ जेष्ठ २०८१ २२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App