१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अष्ट्रेलियाविरुद्ध इग्ल्याण्डः प्रभाव पार्न सक्ने दुई खेलाडी

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार अस्ट्रेलिया र इग्ल्याण्डबिच खेल हुँदैछ।  

यी दुईबिचको खले  खेल राति १०ः४५ बजे सुरु हुनेछ। जारी विश्वकपमा दुवैको यो दोश्रो खेल हो।अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई हराएको थियो भने इग्ल्याण्डले स्कटल्यान्डविरुद्धको पहिलो खेल वर्षाका कारण खेल्न पाएको थिएन ।  

डेभिड वार्नर, अस्ट्रेलिया

अनुभवी अस्ट्रेलियन ओपनर डेभिड वार्नर इङ्ल्यान्डविरुद्धको महत्त्वपूर्ण खेलाडी हुनेछन्। वार्नरले ओमानविरुद्ध ५६ रनको अर्धशतकीय इनिङस खेल्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । ५१ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे।

वार्नरको आफू अनुकूल प्रदर्शन गरेका थिए। अस्ट्रेलियाले लगातार विकेट गुमाइरहँदा उनले आफ्नो इनिङ्सलाई स्थिर राखे। वार्नर दबावको स्थितिमा निर्णायक इनिङ्स खेल्ने ब्याट्सम्यानको रूपमा चिनिन्छन्।

विश्वकपअघि नामिबियाविरुद्ध भएको अभ्यास खेलमा पनि उनले अविजित रहँदै ५४ रन बनाएका थिए। वेस्ट इन्डिजविरुद्धको खेलमा १५ रन बनाएका उनी पछिल्लो समय लयमा फर्किएका छन्। विश्वकपको पहिलो खेलमा ५६.०० को औसत र १०९.८० को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनी अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा रहेका छन्।

यो सूचीमा अलराउन्डर मार्कस स्टोइनिस पहिलो स्थानमा छन्। उनले ओमानविरुद्धको खेलमा अविजित ६७ रन बनाएका थिए।  यतिमात्रै होइन, उनले तीन ओभर बलिङ गर्दै १९ रन खर्चिएर तीन विकेट लिएका थिए।

जोस बटलर, इङ्ल्यान्ड

इङ्ल्यान्डका कप्तान जोस बटलरको ब्याटले अस्ट्रेलियाविरुद्ध राम्रो प्रदर्शन गर्दै आइरहेको छ। बटलरले अस्ट्रेलियन टोलीविरुद्ध १५ इनिङ्समा ४५.१६ को औसत र १५१ को स्ट्राइक रेटमा ५४२ रन बनाएका छन्। सेप्टेम्बर २०२० देखि बटलरले अस्ट्रेलियाविरुद्ध पाँच इनिङ्समा चार अर्धशतक प्रहार गरेका छन्। यी खेलमा दुई पटक उनको स्ट्राइक रेट २१० भन्दा बढी रहेको छ।

विश्वकपअघि पाकिस्तानविरुद्ध खेलिएको शृंखलामा उनले ८४ र ३९ रन बनाएका थिए। इन्डियन प्रिमियर लिग ९आईपीएल०मा राजस्थान रोयल्सलाई प्लेअफसम्म पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका खेलका थिए। ११ इनिङ्सखेलेका उनले दुई शतक र एक अर्धशतकसहित ३५९ रन बनाए। ३९.८८ को औसत र १४०.७८ को स्ट्राइकर रेटमा ब्याटिङ गरेका उनी विश्वकपअघि पाकिस्तानसँगको शृंखला खेल्न स्वदेश फर्किएका थिए। राजस्थान क्यालिफायर २ सम्म पुगेपनि सनराइजर्स हैदरावादसँग ३६ रनले पराजित हुँदा फाइनलमा पुग्न असफल भएको थियो।

प्रकाशित: २६ जेष्ठ २०८१ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App