१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

टी-२० विश्वकप : अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनले हरायाे

आइसिसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले हराएकाे छ।

शनिबार न्युयोर्कमा भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै लगातार दुई खेलमा जित निकालेको हो।

१ सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५.२ ओभरमा ७५ रन मात्र बनाउन सक्यो। प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जित हो। यसअघि टोलीले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले हराएको थियो।

न्युजिल्याण्डलाई सस्तोमा समेट्न खानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र १७ रन खर्चिए । त्यस्तै, फारुकीले ३।२ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे। मोहम्मद नाबीले दुई विकेट लिए।

न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले १८ बलमा १८ रन तथा म्याट हेनरीले १७ बलमा १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो।

ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे। गुरबाज र जादरानले १ सय ३ रन जोड्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाए। जादरान ४१ बलमा ४४ रन जोड्दै आउट भएपछि उक्त साझेदारी तोडिएको थियो। उनले यसक्रममा ३ चौका र २ छक्का प्रहार गरे।

टोलीका लागि गुरबाजले सर्वाधिक ८० रन बनाए। बोल्डको बलमा बोल्ड हुनअघि उनले मात्र ५६ बलमा ५ चौका र ५ छक्का हिर्काए। उनी जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन्।

प्रकाशित: २६ जेष्ठ २०८१ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App