१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डलाई दियो १६० रनको लक्ष्य

आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्डलाई १६० रनको लक्ष्य दिएको छ। शनिबार बिहान  गायानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको हो।

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए। ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले पहिलो विकेटका लागि १४.३ ओभरमा १०३ रनको शतकीय साझेदारी गरेका थिए।

जद्रान ४१ बलमा ३ चौका र २ छक्कासहित ४४ तथा आजमतुल्लाह ओमरजाई १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भए। न्युजिल्यान्डका म्याट हेनरीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर २ र लोकी फर्गुसनले १ विकेट लिए।

जवाफी ब्याटिङ गर्ने क्रममा न्युजिल्याण्डका ओपनर फिन एलेन गोल्डेन डक भएका छन्। उनलाई अफगानिस्तानका फजलहक फारूकीले बोल्ड गरेका हुन्।  

प्रकाशित: २६ जेष्ठ २०८१ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App