१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आईसिसी टी–२० विश्वकपः आयरल्यान्ड क्यानडाविरुद्ध बलिङ गर्दै

आईसिसी टी–२० विश्वकप अन्र्तगत अहिले आयरल्यान्ड र क्यानडाबिच खेल भइरहेको छ।  

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिममा जारी यी दुईबिचको खेलमा क्यानडाविरुद्ध टस जितेर आयरल्यान्डले फिल्डिङ रोजेको छ । हालसम्म दुबै टोलीले समान १/१ खेल खेलेको र दुबै टोली पराजित भएको छ।

क्यानडा आफ्नो पहिलो खेलमा अमेरिकासँग ७ विकेटले पराजित भएको थियो भने आयरल्यान्ड आफ्नो पहिलो खेलमा भारतसँग ८ विकेटले पराजित भएको थियो।दुबै टोलीलाई प्रतियोगितामा अघि बढ्न आजको खेल जित्नै पर्ने दबाब रहने छ।

क्यानडा: आरोन जोन्सन, नवनीत धालीवाल, परगट सिंह, निकोलस किर्टन, श्रेयस मोव्वा , दिलप्रीत बाजवा, साद बिन जफर (कप्तान), जुनैद सिद्दिकी, डिलोन हेलिगर, कलीम साना, जेरेमी गोर्डन

आयरल्याण्ड:  पल स्टर्लिङ (कप्तान), एन्ड्रयू बालबर्नी, लोर्कन टकर , ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, ग्यारेथ डेलानी, मार्क एडेयर, ब्यारी म्याकार्थी, जोस लिटल, क्रेग यंग

प्रकाशित: २५ जेष्ठ २०८१ २०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App