१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तान रोहित आउट भए

टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सको खेलमा नेपालका कप्तान रोहित पौडेल ३५ रन बनाएर आउट भएका छन । उनी आउट भएसंगै नेपालले १६ ओभरमा ७ विकेट गुमाएको हो।  

यस अघि नेपालले आशिफ शेख, कुशल भुर्तेल , अनिल शाह , कुशल मल्ल , दिपेन्द्र सिंह ऐरी र सोमपाल कामी सहित ६ जनालाई गुमाएको छ।

ताजास्थीतीमा नेपालले १४ ओभरमा ६ विकेट गुमाएर ६८ रन बनाएको छ । अहिले करण केसी र गुलशन झा क्रिजमा छन।

आधा घण्टा ढिलो गरि शुरु भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो।

प्रकाशित: २२ जेष्ठ २०८१ २३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App