९ असार २०८१ आइतबार
image/svg+xml
खेल

आईसीसी विश्वकप टी २० :वेस्ट इन्डिजविरुद्ध पीएनजीले १३६ रन बनायो

आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगिता दोश्रो खेल अन्र्तगत सहआयोजक वेस्ट इन्डिज विरुद्ध पपुवा न्युगिनी (पीएनजी) १३६ रन बनाएको छ ।

आइतबार राति वेस्ट इन्डिजको गुयनामा नेपाली समयअनुसार  ८ः१५ बजे सुरु भएको यो खेलमा पपुवा न्युगिनी (पीएनजी)ले टस हारेर पहिला व्याटीङको निम्तो पाउँदै निर्धारीत २० ओभरमा  ८ विकेट गुमाएर १३६ रन बनाएको हो ।  

पपुवा न्युगिनी (पीएनजी)का लागि सेसे बाऊले सबैभन्दा वढि ५० रन बनाए । त्यसैगरी किप्लिन डोरिगाले २७ तथा कप्तान असद वालाले २१ रन बनाए । वेस्ट इन्डिजका लागि अल्ज़ारी जोसेफ़ र आंद्रे रसल दुई दुई विकेट लिए । त्यसैगरी अकील हुसैन,रोमारियो शेफ़र्ड र गुडाकेश मोतीले एक एक विकेट लिए ।

घरेलु टोली वेस्ट इन्डिज पीएनजीविरुद्ध जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा हुनेछ । पीएनजी पनि टेष्ट राष्ट्रलाई हराउँदै विश्वकपमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्यमा मैदान उत्रेको छ ।

वेस्ट इन्डिजले सन् २००७ को पहिलो संस्करणदेखि नै निरन्तर सहभागिता जनाउँदै आएको छ भने पीएनजीले दोस्रो पटक विश्वकप खेल्न लागेका हो । उसले यसअघि सन् २०२१ मा पहिलो पटक विश्वकप खेलेको थियो ।आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो र पीएनजी २०औँ स्थानमा छ । 

प्रकाशित: २० जेष्ठ २०८१ २२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App