३ असार २०८१ सोमबार
image/svg+xml
खेल

हैदरावाद टीमकी प्रमुख काव्या मारनको आँसुले अमिताभ दुःखी

इन्डिय प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औं संस्करणले आफ्नो विजेता पाइसकेको छ। आइतवार भएको फाइनल खेलमा कोलकोत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै उपाधि आफ्नो नाम गरेको हो।

तर, लिग सकिए पनि त्यसका विभिन्न पक्षको चर्चा भने अझै भइरहेको छ। यी सबकाबीच हैदरावाद टीमकी प्रमुख काव्या मारनको एक भिडियो निकै भाइरल भइरहेको छ।

हैदरावाद टीमले पहिलो क्वालिफायर गुमाए पछि दुःखी भएकी उनले फाइनलमा कमसे कम आफ्नो टीमले उपाधि उचाल्छ भन्ने सपना बुनेकी थिइन्। तर, फाइनलमा कोलकोत्तासँग हैदरावाद निकै नराम्रो तरिकाले पराजित भएपछि काव्याको आँसु रुकेन।

म्याच सकिएसँगै उनको आँखामा आँसु सबैले सहजै देख्न सके भने उनी भावुक भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ।

काव्या भावुक बनेको र आँखामा आँसु देखिएको कुराले बलिवुडका महानायक बिग बी अमिताभ बच्चनलाई पनि चित्त दुखेको छ।

उनले आफ्नो एक ब्लगमा काव्यालाई रोकएको र भावुक भएको देखेर मन खिन्न भएको बताएका छन्। उनले काव्याको आँखामा आँसु देखेर आफूलाई पनि दुःखी बनाएको प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्, ‘आईपीएलमा कोलकोत्ताले सानदार जित हासिल गरेको छ। जसका लागि कोलकोत्तालाई हार्दिक बधाई छ। तर, हैदरावाद एक राम्रो टीम हो। दर्शकले उसको सानदार प्रदर्शन हेरेको छ। तर, सबैभन्दा भावुक क्षण सुन्दर यङ्ग लेडीलाई हेर्नु रह्यो। जहाँ आफ्नो टीमको हारले उनी भावुक भइन् र उनको आँखामा आँसु आएछ।’

‘भावुक भएकोभन्दा पनि उनको आँखामा आएको आँसु मलाई पनि राम्रो महसुस भइरहेको छैन,’ उनले काव्याका लागि भनेका छन्, ‘चिन्ता नलिनुस्, भोलि एक नयाँ दिन आउने छ।’

प्रकाशित: १४ जेष्ठ २०८१ १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App