३ असार २०८१ सोमबार
image/svg+xml
खेल

कोलकोत्तालाई तेस्रो पटक आइपिएलको उपाधि

सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि हात पारेको छ। 

आइतबार चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै उपाधि चुमेको हो।

हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १०.३ ओभरमा भेटाउन सक्यो।

यो जितसँगै कोलकोत्ताले तेस्रोपटक आइपिएलको उपाधि उचाल्न सफल भएकाे छ। 

कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो। सन् २०२१ को फाइनलमा पुगेपनि टोली उपाधिबाट वञ्चित बनेको थियो।

विजयी टिमका लागि वेंकटेश अयरले अर्धशतक पूरा गरे। उसका लागि ओपनर रहमनुल्लाह गुरबाजले ३९ र वेंकटेश अयरले ५२ रन बनाए। उनीहरूले दोस्रो विकेका लागि निर्णायक ९१ रनको साझेदारी पनि गरे। अयरले २६ बलको इनिङ्समा चार चौका र तीन छक्का प्रहार गरे र नटआउट पनि रहे।

हैदराबादका लापि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभर माक्रै टिक्यो र यसत्रममा अलआउट हुँदै १ सय १३ रन मात्रै बनाउन सक्यो।

त्यसमा नवौं क्रममा आएका कप्तान प्याट कमिन्सले बनाएको २४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। त्यसलाई छाडेर कसैले पनि गतिलो योगदान दिन सकेनन्।

कोलकाताका लागि मिचेल स्टार्कले घातक बलिङ गरे। उनले पावर प्लेमा दुई विकेट लिँदै हैदराबादलाई सुरुवातमा नै झट्का दिए। ३ ओभरमा उनले मात्र १४ रन खर्चिए।

त्यस्तै, आन्द्रे रसलले ३ विकेट लिए भने हर्षित रानाले २ विकेट हात पारे। वैभव अरोरा, सुनिल नरेन र वरुण चक्रवर्तीले १–१ विकेट लिए।

प्रकाशित: १३ जेष्ठ २०८१ २२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App