१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

आईपीएल क्वालिफायर-१ आजः कोलकोत्ता र हैदरावादमध्ये कसले मार्ला बाजी?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ। आजको खेलमा शिर्ष स्थानको कोलकोत्ता नाइट राइडर्स र दोस्रो स्थानमा रहेको सनराइजर्स हैदरावादबीच फाइनलमा स्थान बनाउनका लागि भिडन्त हुनेछ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ। आजको खेलमा जित हासिल गर्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले एक मौका हासिल गर्दै दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्ने छ।

एलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ। एलिमिनेटरमा पराजित टोली लिगबाट बाहिरिन्छ भने विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

हालसम्मको अवस्थामा श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ता निकै बलियो टिम मानिएको छ भने प्याट कमिन्सको कप्तानमिा रहेको हैदरावादले पनि कडा टक्कर दिँदै आएको छ।

यी सबकाबीच भारतका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण आजको खेल के होला भन्ने चिन्ता पनि रहेको छ।

वर्षाकै कारण पछिल्ला केही म्याचहरू रद्द भएका छन् भने आजको खेल पनि वर्षाका कारण प्रभावित हुन सक्ने पीर फ्यानहरूलाई छ।

खेल यदि वर्षाले रद्द भयो भने फाइनलमा को पुग्छ ?

आईपीएलको नियम अनुसार यदि क्वालिफायर १ को क्रममा वर्षा भयो भने अम्पायरले ५–५ ओभरको खेल गराउने प्रयास गर्नेछन्। यदि यो सम्भव भएन भने सुपर ओभरको मद्दत लिइने छ। सुपर ओभर पनि सम्भव भएन भने खेल रद्द हुनेछ। यस अवस्थामा अङ्क तालिकाको आधारमा खेलको नतिजा घोषणा गरिने छ।

अङ्क तालिकाको आधारमा खेलको नतिजा घोषणा हुँदा कोलकोत्ता स्वभाविक रुपले विजेता हुनेछ र उसले फाइलनमा स्थान सुरक्षित गर्नेछ। जबकी हैदरावादले अर्को मौका पाउने छ र अर्को क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्ने छ।

कोलकोत्ता २० अङ्कका साथ तालिकाको शिर्ष स्थानमा छ भने हैदरावाद १७ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।

आजको खेलमा कोलकोत्ताका फिल साल्ट, सुनिल नरेन, वरुण चक्रवर्तीमाथि विशेष नजर रहने छ भने हैदरावादका टी नटराजन, ट्रेविस हेड, भुवनेश्वर कुमार र अभिशेक शर्मामाथि विशेष नजर रहने छ।

प्रकाशित: ८ जेष्ठ २०८१ ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App