१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

पोखरामा राष्ट्रिय साइकल दौड

फाइल तस्बिर

पोखरामा आज राष्ट्रिय साइकल दौड हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगरपालिका– १७ र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजनामा पोखरामा राष्ट्रिय साइकल दौड प्रतियोगिता आयोजना हुने भएको हो।

साईक्लिङ खेलको माध्यमबाट खेल पर्यटनको विकास र खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले हुने साइकल दौड प्रतियोगिता पुरुषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरको हुने पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए।

प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर, नेपालगन्ज, नेपाल आर्मी, सशस्त्र प्रहरी, प्रहरीलगायतबाट एक सयभन्दा बढी साइक्लिस्टहरूको सहभागिता रहने उनले बताए। उनका अनुसार प्रतियोगितामा ७० जना प्रतिस्पर्धी र ३० जना रन फर फनका रूपमा सहभागी हुनेछन्। प्रतियोगितामा सहभागीलाई ५ लाख बराबरको विमा गरिएको उनले बताए।

प्रतियोगिता पोखरा– १७ फेवा पावरहाउसबाट दौड सुरु भई दम्सादी, मुसेटुँडा, महतगाैंडा, फेदीपाटन, खस्र्याङ, निर्मलपोखरी हुँदै पुनः फेदीपाटन भएर पावरहाउसमै पुगेर समापन हुने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले वार्षिक रूपमा तालिका बनाएर विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको छ। जसमध्ये मुआथाई र ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भइसकेको छ भने फेन्सिङ, रग्बीलगायतका खेलको तयारी भइरहेको समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए।

प्रतियोगिताले खेलकुदको विकाससँगै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही योगीले बताइन्। उनले भनिन्, ‘खेल पर्यटनका लागि प्रतियोगिता कोसेढुंगा साबि।त हुनेछ।’

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार, चौथो हुनेले १० हजार र पाचौंले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ।

प्रकाशित: ५ जेष्ठ २०८१ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App