१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आउट भए दिपेन्द्रसिंह, नेपाललाई चौथो झट्का

चौहत्तर रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमाएको छ। चौथो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी आउट भएका छन्।

वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेलमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ। टस हारेर व्याटिङ गरेको साउदीले ८ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ७३ रन बनाएको थियो।

दिपेन्द्र सिंह ऐरी ९ बलमा १७ रन बनाएर आउट भएका हुन। दुई बलको सामना गरेका कुशल भूर्तेल शून्यमा आउट भएका थिए भने आसिफ शेखले ३ बल खेलेर २ रन मात्र बनाउन सफल भएका थिए। कुशल मल्ल ५ बल खेलेर बोल्ड भएका थिए।

नेपालले ५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ४८ रन बनाएको छ। नेपालका तर्फबाट करण केसीले २, अविनाश बोहराले २, ललित राजवंशी र प्रतिश जीसीले समान १/१ विकेट लिएका थिए।

वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेल ढिलो सुरु भएको थियो। ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा ११ः४५ बजेका लागि खेल समय तोकिए पनि मैदान भिजेका कारण ढिलो भएको हो। वर्षाका कारण खेलमा ढिलाई भएका कारण २० ओभरको खेल ८ ओभरमा सिमित गरिएको छ।

आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ भने साउदी सेमिफाइनलमा पुग्ने आफ्नो प्रयास जारी राख्न चाहन्छ।

ओमानमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ। यअसघि हङकङविरुद्धको खेल पनि वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो। हालसम्म ओमानमा वर्षासँगैको बाढीमा परी १८ जनाको मृत्यु भइसकेको छ।

आजको खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ भने साउदी अरब आफ्नो अङ्क जोड्न चाहन्छ।

जारी सिजनमा नेपालले लगातार ३ खेलमा जित हात पार्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ भने साउदी अरबले ३ खेल खेल्दा १ मा मात्रै जित हात पारेको छ। आजको खेलमा जित हात पार्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले यसअघिका आफ्ना ३ वटै खेलमा सानदार जित हात पारेको छ।

प्रकाशित: ५ वैशाख २०८१ १५:४३ बुधबार