२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

चेन्नई र मुम्बई अनि लखनउ र कोलकोत्तामध्ये कसले मार्ला बाजी?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा कोलकोत्ता नाईट राइडर्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स भिड्ने छन्।

कोलकोत्ता र लखनउबीचको खेल कोलकोत्तास्थित इडन गार्डेनमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने अर्को चेन्नई र मुम्बईबीको खेल साँझ ७ः४५ बजे वानखेडे स्टेडियममा हुनेछ।

श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताले हालसम्म ४ खेल खेलेकोमा ३ मा जितेको छ भने एक खेलमा पराजित भएको छ। र, अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ। इता केएल राहुलको कप्तानीमा रहेको लखनउले ५ खेलमध्य २ मा पराजित र ३ मा जित हात पार्दै अङ्क तालिकाको चौथो स्थानमा रहेको छ।

आजको खेलमा जित निकाल्दै दुबै टोली अङ्क तालिकामा आफूलाई सुधार्न चाहन्छ।

यस्तै आज साँझ हुने अर्को खेलमा दुई पूर्व आईपीएल विजेताबीच भिडन्त हुनेछ। ऋतुरात गायक्वाडको कप्तानीमा रहेको चेन्नई र हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई ५/५ पटकको उपाधि विजेता हो। तर, जारी सिजनमा मुम्बईको कमजोर प्रर्दशन रहेपनि पछिल्लो २ म्याचमा उसले राम्रो गरको छ।

हालसम्म पाँच खेल खेलेको मुम्बईले ३ खेल गुमाउँदा २ मा मात्रै जित हात पार्न सकेको छ र अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ। एता, समान ५ खेल खेलेको चेन्नई ३ खेलमा जित हात पारेको छ भने २ मा पराजित भएको छ। र, अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।

हेड टु हेडको खेलमा दुई टोलीबीचको पछिल्लो रेकर्ड हेर्दा कुल ३६ खेल भएको छ। जसमा मुम्बईले २० खेल जितेको छ भने १६ खेलमा चेन्नईले जित हात पारेको छ। तर, पछिल्लो ५ खेलमा भने चेन्नईले जित हात पारेको छ। त्यसकारण पनि आजको खेल निकै रोमाञ्चक हुने मानिएको छ।

प्रकाशित: २ वैशाख २०८१ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App