४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

एसएमएस फ्रेन्डसिप कप टी–२० सिरिजकाे उपाधि नेपालको पोल्टामा

एसएमएस फ्रेन्डसिप कप टी–२० अन्तर्गत आइतबार भएको फाइनल खेलमा नेपालले गुजरातलाई १८ रनले जितेको छ।

नेपालले खेलको पहिलो इनिङमा २० ओभरका समाप्तिमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो। यो लक्ष्य पछाएको गुजरातले २०ओभरको समाप्तिमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सफल भयो। 

नेपालका बलर अविनाश बोहराले ४ ओभरमा सर्वाधिक ३ विकेट लिएर २६ रन मात्र दिए। चार ओभर फालेका दीपेन्द्रसिंह ऐरीले १३ रन खर्चेर २ विकेट लिए। करण केसी र कुशल मल्लले समान १/१ विकेट लिए। 

यसैगरी गुजरातका कप्तान उमांगले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए। २४ बल खेलेका आर्य देशाईले ४ चौका र २ छक्कासहित ३६ रन बनाउन सफल भए भने रुद्र पटेलले १७ रन बनाए । यसैगरी जयमितले र हर्ष देशाईले १५/१५ रन बनाए। 

अघिल्लो इनिङमा नेपालका कप्तान रोहित पौडेल तेस्रो विकेटका रूपमा ४६ बलमा सर्वाधिक ७४ रन बनाएर क्याच आउट भएका भएका थिए। कुशल भुर्तेलले २१ बलमा १९ रन बनाएका थिए। दीपेन्द्रसिंह ऐरीले ३ बलमा ७ रन बनाएर आउट भएका थिए। यसैगरी मोहम्मद आसिफले ३४ बलमा ३४ रन बनाएका थिए। कुशल मल्लले १३ बलमा ३१ रन बनाएका थिए भने सन्दिप जोराले ३ बलमा ७ रन बनाएका थिए। 

यो खेल गुजरातको वापीस्थित क्रिकेट मैदानमा भएको थियो। नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो।

नेपाल याे प्रतियोगितामा एक खेलमा पराजित भई अन्य सबैमा विजयी हुँदै उपाधि जितेको हो।  

टी–२० विश्वकपको तयारी स्वरूप नेपाल हाल भारत भ्रमणमा थियाे। आजको खेलमा भने नेपालले चार परिवर्तन गरेको थियो। नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन्। यसले नेपाललाई फाइदा पुगेको छ। 

प्रकाशित: २५ चैत्र २०८० १६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App