१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

पुरुष फाइभ्स हक्की सोमबार

बाग्मती प्रदेश हक्की संघको आयोजनामा प्रथम प्रदेशस्तरीय पुरुष फाइभ्स हक्की प्रतियोगिता सोमबार हुने भएको छ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहने नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन्।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, एपिएफ, बाग्मती प्रदेश र गण्डकी प्रदेशको सहभागिता रहने छ।

आर्मीको २ टोली रहनेछ। शीर्ष तीन स्थानमा रहने टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

लिग कम नकआउटका आधारमा हुने एकदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

प्रकाशित: २४ चैत्र २०८० ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App