१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको फितलो प्रर्दशन, विकेटमा टिक्न सकेनन खेलाडी

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच भइरहेको एकदिवसिय श्रृखंलाको पहिलो खेलको दोस्रो इनिङमा नेपाल ‘ए’को फितलो प्रर्दशन देखिएको छ। नेपाली खेलाडी विकेटमा टिक्न सकेका छैनन। अहिलेसम्म नेपालले ६ विकेट गुमाइसकेको छ।

सबै खेलाडी क्याच आउट भएका छन्। पछिल्लो विकेटका रुपमा विनोद भण्डारी आउट भएका छन्। उनी ६ बलमा ९ रन बनाएर आउट भएका हुन। यसअघि अर्जुन साउद ४ बलमा ४ रन बनाएर क्याच आउट भए्का थिए। यसअघि आरिफ शेख ५ बल खेलेर शुन्य रनमा क्याच आउट भएका हुन।

नेपालका ओपनर ब्याट्सम्यान देव खनाल र अर्जुन कुर्मीसहित भिम सार्की आउट भए। खनाल २२ बलमा २६ रन बनाएर आउट भएका थिए भने कुर्मीले १४ बलमा ९ रन मात्र बनाउन सफल भए। यसैगरी भिम सार्की शून्यमा आउट भएका थिए।

नेपाल ‘ए’ले ९.२ ओभरमा ५ विकेट गुमाएर ५५ रन मात्र बनाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई खेल जित्नका लागि १५८ रनको लक्ष्य दिएको छ।

पहिलो इनिङको ३९औँ ओभरमा नेपाल ए का कमलसिंह ऐरीको ह्याट्रिक विकेटले आयरल्यान्ड वुल्भ्स १५७ रनमै सिमित भएको हो। बुधवार कीर्तिपुर मैदानमा भएको खेलमा ३८.३ ओभरमै आयरल्यान्ड वुल्भ्सका सबै विकेट पतन भएको थियो।

नेपालका बलर कमलसिंह ऐरीले ‘ह्याट्रिक’ सहित ४ विकेट लिए। उनले ३९ औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार तीन विकेट लिएका हुन। ६.३ ओभर बलिङ गरेका ऐरीले एउटा ओभर मेडन फाल्दै २१ रन दिएका थिए।  

यसैगरी मौसम ढकाल र साहब आलमले दुई÷दुई विकेट लिए भने रिजन ढकालले एक विकेट हात पारे।

केड कार्माइकलले वुल्भ्सका तर्फबाट सर्वाधिक रन बनाएका छन्। उनले ७७ बलमा चार चौकासहित ५१ रन बनाएका हुन। कप्तान रकले भने ३२ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए। पेटर मुरले २१ रन बनाउँदा जेम्स म्याकोलम र स्टेफन डोहेनीले १२/१२ रन थपे।

निर्धारित तालिका अनुसार दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतबार हुनेछ।  

प्रकाशित: २१ चैत्र २०८० १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App