१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

लगातार ओभरमा नेपाललाई दोहोरो झट्का, पाँचौं विकेट पतन

भारतको बरोडाविरुद्ध जारी मैत्रीपूर्ण टि–२० क्रिकेट खेलमा नेपालको पाँचौं विकेट पतन भएको छ।

१२ औं ओभरको पाँचौ बलमा नेपाली ब्याटर अनिलकुमार साह २५ रनको व्यक्तिगत स्कोरमा आउट भए भने १३ औं ओभरको तेस्रो बलमा गुल्सन झा १३ रन बनाएर आउट भए।

गुल्सन आउट हुँदा नेपालको स्कोर पाँच विकेटको क्षतिमा ८२ रन छ। टस हारेर नेपाल पहिले ब्याटिङ गरिरहेको छ। पावरप्लेमै नेपालले ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको विकेट गुमाएको थियो। त्यसपछि कप्तान रोहित पौडेल रनआउट भएका थिए।

प्रकाशित: २० चैत्र २०८० १५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App