१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

बरोडाविरुद्ध दबाबमा नेपाल, दुवै ओपनर आउट

बरोडाविरुद्धको मैत्रीपूर्ण टि–२० खेलमा नेपाल पावरप्लेको खेलमा दबाबमा परेको छ। ६ ओभरको खेल सकिदा नेपालका तर्फबाट ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको विकेट गुमाएको छ। जसमा २६ रनमात्रै जोडेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिम र भारतको बरोडाबिच मंगबार भइरहेको खेलमा नेपालका ब्याट्सम्यान कुशल भुर्तेल ११ बलमा ९ रन र आशिफ सेख १२ बलमा ९ रन बनाएर आउट भएका हुन्। बरोडाका बलर बाबा खानले दुवैको विकेट लिएका हुन्।

बरोडाले टस जितेर ब्याटिङको निम्तो दिएपछि नेपाल ब्याटिङ गरिरहेको छ। नेपाल ६ ओभरको खेल चलिरहँदा २ विकेटको क्षतिमा २६ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: २० चैत्र २०८० १५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App