२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

युएसए ओपन महिला यु–२१ इलाइट ६८ केजी उमेर समूहमा एरिकालाई स्वर्ण

नेपालकी एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्।

टेक्ससमा आइतवार सम्पन्न युएसए ओपनको महिला यु–२१ इलाइट ६८ केजी उमेरसमूह कुमुतेमा एरिकाले स्वर्ण पदक जितेकी हुन्।

यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदै रजत जितेकी छिन्। आज बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी खेलाडी साइरस लिङ्गलसँग ३-२ ले पराजित भएकी हुन्।

त्यसअघि एरिकाले सेमिफाइनलमा अमेरिकाकै शाजा ताहिरलाई ५–१ ले सहजै हराइन्। उनले पहिलो चरणको खेलमा बाई पाएकी थिइन्। त्यसपछि क्वार्टरफाइनलमा भने एरिकाले क्यानडाकी मारिया जिन ब्राउल्टलाई हराएकी थिइन्।

प्रकाशित: १९ चैत्र २०८० १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App