१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आईपीएलमा आज कोलकोत्ता र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज कोलकोत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुँदैछ।

बैङ्गलोरस्थित एम चिन्नास्वामी स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेबाट सुरु हुनेछ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गलोरले हालसम्म २ खेल खेलेकामा १ मा जित र एकमा पराजित भएको छ भने श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताले एक खेल खेलेकोमा त्यसमा जित हात पारेको छ।

आईपीएल इतिहासमा हालसम्म दुबै टोलीले ३२ खेल खेलेका छन्। जसमा कोलकोत्ताले १८ मा जित हात पारेको छ भने बैङ्गलोरले १४ मा जित हात पारेको छ।

दुबै टिमको स्क्वाडले आजको खेललाई थप उत्साहजनक बनाउने अनुमान गरिएको छ।

प्रकाशित: १६ चैत्र २०८० १०:२७ शुक्रबार

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट कोलकोत्ता नाइट राइडर्स रोयल च्यालेन्जर्स बैङ्गलोर