१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालकी खेलाडी पलेशा पारा ओलम्पिकमा छनोट

नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक–२०२४ का लागि छनोट भएकी छिन्।

चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले स्वर्ण पदक जित्दै पारा ओलम्पिकका लागि छनोट भएकी हुन्। उनले के–४४ क्याटागोरीको महिला ५७ केजीमा इरानकी लेल्ला मिर्जाईलाई पराजित गरिन्।

त्यसैगरी, उनले सेमिफाइनल खेलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गर्दै फाइनमा पुगेकी हुन्। छनोट खेल जितेर ओलम्पिकमा सहभागिता जनाउने उनी नेपालकी पहिलो पारा खेलाडी बन्न सफल भइन्। पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेतासमेत हुन्।

प्रकाशित: ४ चैत्र २०८० २०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App