२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल आज : बुटवल उपमहानगरपालिका र मैलौली नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै

अन्तर नगर महिला कबड्डी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेल प्रतिस्पर्धा हेर्दै। तस्बिर : नागरिक

अन्तर नगर महिला कबड्डी प्रतियोगिता अहिले ८ बजेदेखि सुरु हुँदै छ। भक्तपुर नगरपालिका १ स्थित सहिद स्मृति खेल मैदानमा आयोजना भइरहेको फाइनल प्रतिस्पर्धा बुटवल उपमहानगरपालिका रुपन्देही र मैलौली नगरपालिकाबीच हुने छ।

भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको अन्तर नगर महिला कबड्डी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलबाट बुटवल उपमहानगरपालिका र मैलौली नगरपालिका फाइनलमा प्रवेश गर्न सफल भएका थिए।

बुटवल उपमहानगरपालिका र पोखरा महानगरपालिकाबीचको शुक्रबारको सेमिफाइनल खेलमा बुटवलले पोखरालाई ४३–२५ अंकले पराजित गरेको थियो। खेलमा बुटवलका सृजना थारू म्यान अफ द म्याच घोषित भइन्।

त्यस्तै तीव्र प्रतिस्पर्धाबीच भीमदत्त नपा र मेलौली नपाबीचको सेमिफाइनल खेलमा मेलौलीले भीमदत्तलाई ३७–३१ अंकले पराजित गरेको थियो। उक्त खेलमा मेलौलीका रविना चौधरी म्यान अफ द म्याच घोषित भइन्।

प्रतियोगितामा पोखरा महानगरपालिका र भीमदत नगरपालिका तेस्रो भएका छन्। बुटवलबाट पोखरा र मेलौलीबाट भीमदत पराजित भएपछि पोखरा र भीमदत दुई नगरपालिका तेस्रोमा सीमित भएका हुन्।

भक्तपुर नगरपालिका १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा १५ वटा नगरपालिका सहभागी रहेको बताए।

प्रकाशित: ३ चैत्र २०८० ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App