३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कोशी र सुदूरपश्चिमकाे विजयी सुरुवात

‘कोशी प्रदेश राष्ट्रिय टि ट्वेन्टी’ क्रिकेट प्रतियोगितामा घरेलु टोली कोशी र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा कोशी र सुदूरपश्चिमले विजयी सुरुवात गरेका हुन्। 

प्रतियोगिताको पहिलो खेलमा कोशीले पाहुना टोली कर्णाली प्रदेशलाई ३८ रनले हराउँदै विजयी यात्रा सुरु गरेको हो। टस जितेर ब्याटिङ थालेको कोशीले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४० बनाएको थियो।

अङ्कित सुवेदीले ४८ र सुजन थपलियाले ३८, समिर कार्कीले २० र दीपेश कँडेलले १४ रन बनाए। कर्णालीका लागि अनुजकुमार चन्द्रले २ विकेट लिए।

१ सय ४१ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर ३ बल खेल्दै १ सय २ रनमै समेटियो। हिमांशु शाहीले ३४ रन बनाए। कोशीका लागि प्लेयर अफ द म्याच दीपेश कँडेल र श्रवण यादवले समान ३–३ विकेट लिए।

दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४० रनले हरायो। टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो।

नरेन भट्टले ६२, किरण ठगुन्नाले ५३, खडक बोहराले ४१ रनको योगदान गरे। गण्डकीका लागि अमृत गुरुङ र सन्दीप क्षेत्रीले समान १–१ विकेट लिए। गण्डकीले १७ ओभर ४ बलमा १ सय ३२ रनमै समेटियो। 

दीपक डुम्रेले ४० रन बनाए। सुदूरका हेमन्त धामीले ३, शेर मल्ल, नरेन साउद, नारायण जोशीले समान २–२ विकेट लिए। सुदूरका नरेन भट्ट प्लेयर अफ द म्याच भए।

प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेल सुदूरपश्चिम र लुम्बिनी प्रदेश तथा दोस्रो खेल कर्णाली र मधेश प्रदेशबीच हुनेछ।

प्रकाशित: २२ फाल्गुन २०८० २०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App