२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

आजदेखि सूर्य नेपाल च्यालेन्ज

फाइल तस्वीर

सूर्य नेपाल च्यालेन्ज आजदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुने भएको छ।

सूर्य नेपाल च्यालेन्ज सूर्य नेपाल गल्फ टुर २०२३–२४ को पाँचौं प्रतियोगिता हो। चार दिनसम्म चल्ने यो प्रतियोगितामा कुल ७२ होलमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर गल्फरले चुनौती प्रस्तुत गर्ने प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए।

३६ होलको समाप्तिपछि कट नियम लागू हुनेछ। उत्कृष्ट २१ गल्फरले तेस्रो र चौथो दिनका लागि यात्रा तय गर्नेछन्। एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र अटाउनुपर्नेछ।

प्रतियोगिताको विजेताले एक लाख, दोस्रो र तेस्रो हुने गल्फरले क्रमशः ६७ हजार र ४८ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। चौथोले ४० हजार र पाँचौंले ३६ हजार रूपैयाँ प्राप्त गर्नेछन्। कटबाट बच्न सफल २१ प्रोफेसनल गल्फरले नै नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

खेल प्रतिस्पर्धात्मक बनाउन रोयल नेपाल गल्फ क्लबको कोर्सलाई पनि अप्ठ्यारो बनाइएको र यसले खेल रोचक हुने अनुमान गरिएको छ। यो कोर्समा अभ्यस्त हुन गल्फरले तयारी पनि सुरु गरिसकेका छन्।

भुवन नगरकोटी यो प्रतियोगिताका प्रमुख दाबेदार हुन्। उनले तीनवटा रेकर्डसहित सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए। सिजनको सुरुआत सानदार गरेका दिनेश प्रजापतिसँगै रवि खड्का र जयराम श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ। प्रोफेसनल गल्फरलाई युवा एमेच्योर एवम् डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्यले चुनौती दिन सक्छन्।  

प्रकाशित: २१ फाल्गुन २०८० ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App