७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाली बलरको सानदार प्रदर्शन, १२० रनमा रोकियो नेदरल्यान्ड्स

घरेलु टि– २० त्रिकोणीय क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको सामान्य लक्ष्य दिएको छ। नेपाली बलरहरू हाबी भएको खेलमा नेदरल्यान्ड्स सस्तैमा रोकिएपछि नेपालका लागि सामान्य लक्ष्य तय भएको हो।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्समाथि नेपालका बलरहरूले सानदार प्रदर्शन गर्दै एकपछि अर्को विकेट लिदै २० ओभरको खेलमा अलआउट हुँदै १२० रनमा रोकिएको छ।  

नेदरल्यान्ड्सलाई सामान्य स्कोरमा रोक्ने क्रममा नेपाली बलर करन केसीले पहिलो ओभरमै दोहोरो झट्का दिएका थिए। उनले ओभरको चौथो बलमा माइकल लेभित र अन्तिम बलमा सिब्रन्ड एन्गेल्ब्रेच्टको विकेट लिए।

त्यसरी पहिलो ओभरमै दबाबमा रहेका नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र म्याक्स ओडाउडले ८ ओभरसम्म सम्हालिएर खेलेका थिए। त्यसक्रममा उनीहरूले अर्धशतकीय साझेदारी गरे।

त्यसपछि नवौं ओभरमा बलिङमा आएका नेपाली बलर प्रतिश जिसीले कप्तान एडवार्ड र ओडाउट दुवैलाई बोल्ड गरेर पेभेलियन फर्काइदिए। यसरी दबाबमा आएको नेदरल्यान्ड्सको टोलीमाथि १०औं ओभर बलिङमा आएका कुशल मल्ल झन् घातक बने। उनले पनि एकै ओभरमा दुई विकेट लिए। उनले नोह क्रोज र आर्यन दत्तको विकेट लिए।

यस्तै १५औं ओभरमा फेरी प्रतिशले तेजा निदामानुरुको विकेट लिए भने, १८औं ओभरमा भान डर गगटनको विकेट दीपेन्द्रसिंह ऐरीले लिए। यसरी नेपालका बलरहरूमा प्रतिशले तीन, करन र कुशलले दुई-दुई, दीपेन्द्रले एक,  नेदरल्यान्ड्सका तर्फबाट ओडाउटले ३१, भान डर गगटनले २४, भान डर मेर्वेले २३ कप्तान स्कट एडवार्डले १८ रन बनाए।

प्रकाशित: १९ फाल्गुन २०८० १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App