१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

आयोजक लोयल्टीको दोहोरो जित

आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औं लोयल्टी कप यु– १३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ। मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले उद्घाटन खेलमा सिद्धार्थ वनस्थलीलाई २–० गोलले पराजित गर्‍यो।

‘म्यान अफ दी म्याच’ विंगु थापाले २ गोल गरे। अर्को खेलमा लोयल्टी ‘बी’ ले काभ्यालाई ९–० को फराकिलो गोलअन्तरले सहजै हरायो। विंगु थापाले ५, साहिल राईले ३ र यसुप खनालले १ गोल गरे। काभ्याका सुप्रिम केसी ‘म्यान अफ दी म्याच’ घोषित भए। दोहोरो जितसंगै लोयल्टी ‘बी’ को क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो भएको  छ। चेल्सी वल्र्ड स्कुलले मनास्लुलाई २–० गोलले पाखा लगायो।

चेल्सीका दर्शित थापा र शंकर शेर्पाले समान १-१ गोल गरे। मनास्लुका निश्चल अधिकारी ‘म्यान अफ दी म्याच’ चुनिए। रिलायन्स इन्टरनेसनल एकेडेमी र सिद्धार्थ वनस्थलीबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गर्दै विद्यालय खेलकुदले भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताए।

लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्बाङले स्थापनाकालदेखि नै लोयल्टीले विद्यार्थीको चौतर्फी विकासलाई ध्यानमा राखी खेलकुदसँगै अन्य अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको बताए।

लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार केदार ढुंगाना, वडा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक लोयल्टीको २ सहित १३ टोली सहभागी छन्। सोमबार समूहचरणका ६ खेल हुनेछ।

प्रकाशित: ७ फाल्गुन २०८० ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App