१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले दोस्रो खेल नेदरल्यान्डसँग खेल्दैछ। अहिले भर्खरै त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न टसमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन्।

नेपाल र नेदरल्यान्डबिच यो चौथो भेट हो। यसअघि सम्पन्न तीनवटा खेलमा नेपालले एकमा जित र दुईमा हार ब्यहोरेको छ। दुईदेश बिच पहिलो भेट सन् २०१८ को अगस्टमा भएको थियो।

त्यतिबेला अगस्ट १ मा भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय भेटमा नेपाल ५५ रनले पराजित भएको थियो। त्यसको तीनदिनपछि अगस्ट ३ मा भने नेपालले नेदरल्यान्डमाथि रोमाञ्चक रुपमा एक रनले जित निकालेको थियो।

त्यसपछिको भेट सन् २०२३ को जुलाईमा सम्पन्न विश्वकप छनोट खेल अन्तर्गत जिम्बाबेमा भएको थियो। जसमा नेपाल ७ विकेटले पराजित भएको थियो।

यसपटक सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेट छनोटको ढोकाको रुपमा रहेको यो लिग नेपाल र नेदरल्यान्ड फेरी आमने सामने भएका छन्। नेपालले पहिलो सिरिजका रुपमा नेपालले नामिबिया र नेदरल्यान्डसँग घरेलु सिरिज खेलिरहेको छ। यसअघि बिहीबार नामिबियासँगको खेल नेपालले ४ विकेटले गुमाएको थियो।

प्रकाशित: ५ फाल्गुन २०८० ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App