१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

सोमपालको बलमा नामिबियाले गुमायो ३ विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नेपाललाई पाँचौ सफलता हात परेको छ।  

नेपालले दिएको १३३ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले लगातार तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको छ।

निकोलस डेभिन र माइकल भान लिंगेनलाई पहिलो र दोस्रो विकेटको रुपमा गुमाइसकेको नामिबियाले कप्तान जेरहार्ड एरासमसलाई तेस्रो, ज्यान फ्राइलिन्कलाई चौथो र जेन ग्रिनलाई पाँचौ विकेटको रुपमा गुमाएको हो। 

तिनैजना सोमपाल कामीको बलमा आउट भएका छन्। यसअघिको २ विकेट ललित राजवंशीको बलमा क्याच आउट भएका थिए।  

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नामिबिया राम्रो प्रदर्शनका साथ खेलिरहेको छ। अब उसलाई जितका लागि केवल ४९ रनको आवश्यकता छ।

प्रकाशित: ३ फाल्गुन २०८० १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App