१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

कालीगण्डकी नदीमा कायाकिङ र र्‍याफ्टिङ प्रतियोगिता हुने

कालिगण्डकी नदीमा राष्ट्रिय र्‍याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश खेलकुद परिषद र नेपाल र्‍याफ्टिङ एण्ड कनुसंघको सयुंक्त आयोजनामा प्रतियोगिता गर्न थालिएको हो।  

कालीगण्डकीमा नदीमा शनिबारेखि प्रतियोगिता सुरु हुनेछ। प्रतियोगिता चारदिनसम्म चल्नेछ। म्याग्दीको जलजलादेखि पर्वतको मालढुंगासम्मको १५ किलोमिटर दूरीमा प्रतियोगिता आयोजना हुनेछ। स्प्रिन्ट, हेटटुहेड, स्लालम र डाउन रिभर विधामा प्रतियोगिता हुने आयोजकले बताएको छ। स्प्रिन्ट (२५०मिटर), हेड टु हेड (३५० मिटर), स्लालम (४५० मिटर)  र ड्राउन रिभर रेस १५ किलोमिटरको दूरीमा प्रतिश्पर्धा हुनेछ।  

नेपाल र्‍याफ्टिङ एण्ड कनु संघका टेक्निकल डाइरेक्टर नीम मगरका अनुसार प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाली सेना सहभागि हुनेछन। त्यस्तै प्रदेशका टिमहरु पनि सहभागि हुनेछन। प्रतियोगितामा प्रथमलाई ६० दोश्रोलाई ४० र तेश्रोलाई २० हजार रुपैयाँ पुरस्कार दिइने मगरले बताए।  

‘साहसिक खेलमार्फत पर्यटक भित्र्याउन कालीगण्डकी नदीमा राष्ट्रिय स्तरको र्‍याफ्टिङ र कायाकिङ प्रतियोगिता आयोजना गर्दै छौं,’ मगरले भने। उनका अनुसार कायाकिङ प्रतियोगितामा ३०–३५ जना र र्‍याफ्टिङमा आठवटा टिम सहभागि हुनेछन।  

प्रकाशित: २६ माघ २०८० १४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App