१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा ब्याडलक होः जगत टमाटा

यु-१९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताएका छन्। उनले विश्वकप समग्रमा राम्रो भएको बताएका हुन्।

सोमवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यु १९ टिममा राम्रा खेलाडीहरु भएकाले आगमी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल रहेको बताए।

उनले भने, ‘समग्रमा विश्वकप एकदमै राम्रो भयो । फ्यानहरुले एकदम सपोर्ट गरेको थियो। यु १९ टिमले एकदमै राम्रो खेल्यो। यो मेरो लागि र नेपालको क्रिकेटका लागि एकदमै खुशीको कुरा हो। वल्र्डकप क्वालिफायर्स महत्वपूर्ण थियो, त्यो हामीले पार गरेका छौँ। विश्वकप जोर्नी टिम, मेरो र नेपाली क्रिकेटको लागि राम्रो हो। सबै सदस्य त्यति नै महत्वपूर्ण हुन्छन्। आफ्नो दिन भएकाले राम्रो खेले। ब्याटिङमा गुलशनको राम्रो हुन सकेन, उसको ब्याड लक नै हो । उसले धेरै कुरा सिकेको छ। आगामी दिनमा राम्रो गर्नसक्छ।’

दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भइ नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीहरुले स्वागत गरेका थिए।

प्रकाशित: २२ माघ २०८० १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App