२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल हुने

मध्यपुर युथ एसोसिएसन मध्यपुर थिमि नगरपालिका वडा नं-२ को आयोजनामा दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ।

एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि २४ गतेसम्म प्रतियोगिता हुने जनायो। एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाभित्र रहेका नौ वटा वडाहरुले सहभागिता जनाउने बताए।

सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक अष्ट कवेंले प्रतियोगितामा प्रतिस्पर्धी सबै टिमले आठ खेल खेल्नुपर्ने बताए। साथै उनले प्रतियोगितामा ३६ वटा म्याचहरु रहने जनाए।

प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार, दोस्रोले एक लाख २५ हजार र तेस्रोले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीले टफी प्राप्त गर्ने र उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद १० दश हजार प्राप्त गर्नेछन्। 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, र प्रतियोगिताभरको अनुशासित टिमलाई फेयर प्ले टिम घोषणा गरी नगद २५ हजार प्रदान गरिने जनाइयो।

प्रकाशित: १६ माघ २०८० १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App