२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अफगानिस्तानविरुद्ध नेपाल पनि सुरुवाती दबाबमा

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेला १४५ रन पछ्याइरहेको नेपाल पनि सुरुवाती दबाबमा परेको छ।

खेलको सात ओभर नसकिदै नेपालले भरोसा गरिएका अर्जुन कुमाल, विपीन रावल र अनुभवी गुल्सन झाको विकेट गुमाइसकेको छ।

नेपालले पहिलो विकेट अर्जुनका रुपमा पाँचौ ओभरमा गुमाएको थियो। उतिबेला नेपालको स्कोर ११ थियो। त्यसपछि क्रिजमा आएका गुल्सन पनि धेरै बेर टिक्न सकेनन्। उनी एक रनको व्यक्तिगत स्कोर रहँदा सातौ ओभरको तेस्रो बलमा अलिल अहमदको बलमा क्लिन बोल्ड हुन पुगे।

त्यसपछि विपीन पनि टिमको स्कोर २४ हुँदा नवौं ओभरमा आउट हुनपुगे। 

अहिले नेपालको स्कोर ९ ओभरमा ३ विकेट गुमाएर २४ रनको स्थितीमा छ। अझै नेपाललाई जितका लागि १२२ रन बनाउन चाहिन्छ।

अहिले नेपालका तर्फबाट कप्तान देव खनाल र आकाश त्रिपाठी क्रिजमा ब्याटिङ गरिरहेका छन्।

प्रकाशित: १२ माघ २०८० १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App