२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

१४५ रनमा समेटियो अफगानिस्तान

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपाली बलर आकाश चन्दले घातक बलिङ गर्दै सुरुवाती ओभरमै पाँच विकेट लिएपछि निरीह बनेको अफगानिस्तान १४५ रनमा समेटिएको छ।

आकाशको बलिङपछि ध्वस्त भएको अफगानिस्तान इनिङ ४० ओभरमा अलआउट हुँदै १४५ रनमा रनमा रोकिएको हो। अब नेपालले जितका लागि नेपाललाई १४६ रनको साधारण लक्ष्य पाएको छ।

इस्ट लन्डनस्थित बफेलो पार्क भइरहेको खेलमा अफगानिस्तानका कप्तान नासिर खान मारुफखिलले टस जितेर पहिले ब्याटिङ रोजेका थिए। उनको उक्त निर्णय गुल्सन झा र आकाशको कसिलो बलिङअघि गलत साबित हुनपुग्यो। इनिङको  सुरुवाती बलिङ गर्न आएका गुल्सनले पहिलो ओभरको चौथो बलमै अफगानी ओपनर नुमन शाहलाई दीपक डुम्रेबाट क्याच गराउँदै शून्य रनमा पेभेलियन फर्काइदिए।

त्यसपछि भने १२ औं ओभरसम्म ‘आकाश–शो’ चल्यो। अफगानिस्तानी ब्याटरहरू एकपछि अर्को गर्दै आकाशको शिकार हुँदै पेभेलियन फकिए। आकाशले इनिङको दोस्रो ओभरमै खालिद तनिवाललाई शुन्य रन, छैठौं ओभरमा जमसिद जदरानलाई तीन रन, आठौं ओभरमा सोहिल खान जुर्मतीलाई चार रन, १० औं ओभरमा अलि अहमदलाई शून्य र १२ औं ओभरमा हशन एइसखिललाई २० रनमा आउट गर्दै व्यक्तिगत पाँच विकेट पूरा गरे।

त्यसपछि केही समय अफगानी ब्याटर एएम घाजनफरले छोटो तुफानी पारी खेल्दा कप्तान नासिरले साथ दिए। दुबैबीचमा ४२ रनको साझेदारी भयो । त्यसपछि १८ औं ओभरमा घाजनफर ३७ रनको व्यक्तिगत स्कोरमा नेपाली स्पिनर तिलक भण्डारीको बलमा आउट हुन पुगे। उनी आउट हुँदा टिम स्केरा ७ विकेट गुमाएर ८५ रन थियो। त्यसपछि ८८ रनको स्कोर पुग्दा २१ औं ओभरमा दिपेश कँडेलले अरब गुललाई शून्य रनमै आउट गरे।

त्यसपछि भने नवौं विकेटका लागि कप्तान नासिर र फरिदुन दाउदजाईबीच ५५ रनको महत्वपूर्ण साझेदारी भएर टिम स्कोर १४३ सम्म पुग्यो। त्यसपछि दिपेश कँडेलले कप्तान नासिरलाई ३८ औं ओभरमा आफ्नै बलमा क्याचआउट गर्दै ३१ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए। त्यसपछि ४० औ ओभरको अन्तिम बलमा फरिदुनलाई सुबास भण्डारीले २९ रनमा आउट गरे।

प्रकाशित: १२ माघ २०८० ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App