२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चितवनमा महिला क्रिकेट हुँदै

काठमाडौं – राइजिङ क्रिकेट फर उमन (आरसिडब्लु) ले बुधबारबाट चितवनमा महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिता गर्ने भएको छ।
चितवनको रत्ननगरमा बुधबार सुरु हुने आरसिडब्लु महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिता चार दिनसम्म चल्ने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । आयोजक आरसिडब्लुकी अध्यक्ष आरती बिडारीले जानकारी गराएअनुसार प्रतियोगितामा आयोजकसहित चार टोलीको सहभागिता रहनेछ । आयोजक आरसिडब्लु, सशस्त्र प्रहरी बलको एपिएफ, मिलन क्रिकेट क्लब र अल इन्डिया उमन ट्वान्टी–२० एसोसिएसनले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

बंगलादेशबाट सहभागिता पक्का गरेको एक टोलीले अन्तिम समयमा नेपाल भ्रमणका लागि असमर्थता जनाएपछि अर्को एक टोलीको सहभागितासमेत रद्ध गरेर चार टोलीबीच मात्र प्रतियोगिता गर्न लागेको बिडारीले बताइन्।

‘नेपालमा महिला क्रिकेट प्रतियोगिता वर्षमा एक वा दुईवटा मात्र हुन्छ । शून्य स्थितिमा भएको महिला क्रिकेटलाई उस्कानु नै यो प्रतियोगिताको मुख्य उद्देश्य हो,’ बिडारीले भनिन्।
राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ५० हात पार्नेछ।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App