२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

धावक रोकाय र रेफ्री श्रेष्ठ सम्मानित

टेक्सास कलेजले ओलम्पियन हरिबहादुर रोकाय र ई–स्पोर्ट्स रेफ्री क्षितिज श्रेष्ठलाई सम्मान गरेको छ।

वार्षिक ईसीए मिट (अतिरिक्त क्रियाकलाप कार्यक्रम)को अवसरमा टेक्सास कलेजले रोकाय र श्रेष्ठलाई मित्रपार्कस्थित कलेजमा आयोजित कार्यक्रममा सम्मान गरेको हो।कार्यक्रममा उनीहरूलाई कलेजका कार्यकारी अध्यक्ष भेषराज पोखरेल र सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र खड्काले सम्मान पत्र र मायाको चिनो प्रदान गरे।

जुम्लाका धावक रोकायले सन् १९९२ मा बार्सिलोना (स्पेन)मा भएको गृष्मकालीन ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गरेका थिए।एथलेटिक्स प्रशिक्षकसमेत रहेका उनले ट्रेल रनिङमा गिनिज वर्ल्ड रेकर्डस् पनि बनाएका थिए।

टेक्सास कलेजका पूर्व विद्यार्थी रहेका श्रेष्ठ आईईएसएफ (इन्टरेसनल ई–स्पोर्ट्स फेडेरेसन) ले पहिलोपल्ट गत नाेभेम्बरमा दक्षिण कोरियाको बुसानमा आयोजना गरेको ई–स्पोर्ट्स टायर २ रेफ्री कोर्स उत्तीर्ण गरी पहिलो ब्याचका रेफ्री भएका हुन्।उनी मोटर स्पोर्ट्सका मार्शल र बुद्धिचालका आर्बिटर समेत हुन्।

कलेजको ईसीए मिटको अवसरमा यसपाली ई–स्पोर्ट्सका मोबाइल लिजेन्ड र ई–फुटबल पनि समावेश गरिएको थियो।त्यससँगै फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, बुद्धिचाल लगायत विभिन्न २० खेलका प्रतिस्पर्धामा विजयी विद्यार्थी खेलाडीहरूलाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: ७ माघ २०८० १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App