२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

भ्रष्टाचार आरोप पुष्टि पछि बङ्गलादेशका ब्याट्सम्यान नासिरमाथि प्रतिबन्ध

बङ्गलादेशका ब्याट्सम्यान नासिर हुसेनलाई सन् २०२५ सम्मका लागि प्रतिबन्ध लगाइएको छ। ‘भ्रष्ट आचरण’ मा संलग्न भएको खुलासा गर्न असफल भएको स्वीकारे पछि मङ्गलवार उनलाई सन् २०२५ अप्रिलसम्म क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाइएको हो।

सन् २०२१ अबुधाबी टि–१० लिगका क्रममा भ्रष्टाचारविरोधी नियमहरूको उल्लङ्घन तथा कथित म्याच फिक्सिङका लागि अन्य सात खेलाडी तथा अधिकारीहरूमाथि गरिएको अनुसन्धानपछि नासिरमाथि प्रतिबन्ध लगाइएको हो।  

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अनुसार हुसेनले तीन आरोप स्वीकार गरेका छन्। उनीमाथि दुई वर्षको प्रतिबन्ध लगाइएको र यसमा व्यवहारका आधारमा छ महिना निलम्बन हुने सक्ने छ।

हुसेन सात सय ५० अमेरिकी डलर मूल्यको नयाँ आइफोन १२ को ‘उपहार प्राप्ति’ र ‘भ्रष्ट आचरणमा संलग्न हुन उहाँले प्राप्त गरेको दृष्टिकोण वा निमन्त्रणाको पूर्ण विवरण’ फोनमार्फत भ्रष्टाचारविरोधी अधिकारीहरूलाई बताउन असफल भएको आइसिसीले बताएको छ।

उनले सम्भावित भ्रष्टाचारको अनुसन्धानमा भ्रष्टाचारविरोधी अधिकारीहरूलाई सहयोग गर्न ‘असफल वा अस्वीकार’ गरेको पनि स्वीकार गरेको आइसीसीले जनाएको छ।

'इमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी संहिताको उल्लङ्घनका तीन आरोप स्वीकार गरेपछि खेल सञ्चालक संस्थाले हुसेनमाथि प्रतिबन्ध लगाएको हो', आइसिसीले दुबईमा भनेको छ, 'निलम्बन गरिएको भागका सम्बन्धमा सर्तहरू पूरा गरेमा उहाँ सन् २०२५ अप्रिल ७ मा अन्तर्राष्ट्रिय क्रिकेट फेरि सुरु गर्न स्वतन्त्र हुनुहुनेछ।' रासस

प्रकाशित: ३ माघ २०८० ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App