१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

प्रथम कुसुन्ती ललितपुर मेयर कप:कुपण्डोल च्याम्पियन

कुपण्डोल ४० प्लसले प्रथम कुसुन्ती ललितपुर मेयर कप एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा कुपण्डोलले फ्रिडम ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो। पेनाल्टीमा कुपण्डोलका निलेन्द्र देवान, उज्ज्वल श्रेष्ठ र राजु तामाङले गोल गरे।

 फ्रिडम ‘ए’ का भगवान थापा र विकर्ण श्रेष्ठले गोल गरे भने राजनलाल नेपाली  चुके।जावलाखेल युथ क्लबको मैदानमा भएको फाइनलको निर्धारित ६० मिनेट समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुट आउटबाट गरिएको थियो। 

निर्धारित समयमा कुपण्डोलबाट राजु तामाङ र फाइनलका ‘म्यान अफ द म्याच’ निलेन्द्र देवालले क्रमशः २२ र ५६ औं मिनेटमा गोल गरेका थिए। फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले ३१ औं र राजकुमार घिसिङले ५८ औं मिनेटमा गोल गरेका थिए। उपाधिसंगै कुपण्डोलले १ लाख ७५ हजार नगद पुरस्कार पायो भने फ्रिडम ‘ए’ ले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो।ललितपुर महानगरपालिको सहयोगमा भएको प्रतियोगितामा कुपण्डोलका राजु तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए। 

कुपण्डोलकै सुनिल महर्जन उत्कृष्ट डिफेन्डर तथा फ्रिडम ‘ए’ का मुकुन्द थापा उत्कृष्ट गोलरक्षक चुनिए।विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसी, कुसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। पुस २४ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ३२ टिम सहभागी थिए।

प्रकाशित: २८ पुस २०८० १५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App