४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप महिला ट्वान्टी २० : कोसीले सुदूरपश्चिमलाई हरायो

प्रधानमन्त्री कप महिला ट्वान्टी २०  क्रिकेट प्रतियोगितामा कोसी प्रदेशले सुदूरपश्चिमलाई हराएको छ । कोसी प्रदेशले सुदूरपश्चिमलाई  ८ विकेटबाट हराएको हो।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १८ रन बनाएको थियो।जवाफमा कोसीले १७ दशमलब ४ ओभरमा  २ विकेट गुमाउँदै विजयी लक्ष्य पुरा गर्यो।

 सुदूरपश्चिमको पालोमा  बिन्दु रावलले सर्वाधिक ३३ रन बनाएकी थिइन्।उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरेकी हुन ।  त्यसैगरी सम्झना खड्काले २७ रन , कविता जोशीले २६ तथा  रेवती धामीले २० रन बनाएका थिए।

कोसी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एक/एक विकेट लिएका थिए।कोसीका लागि काजोल श्रेष्ठले ५४ तथा रुवीना क्षेत्रीले ५१ रन बनाए ।सुदुरपश्चिमकी विमला महेलाले २ विकेट लिइन।   

प्रकाशित: १२ पुस २०८० ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App