२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

सूर्य नेपाल म्याच प्ले आजदेखि

सूर्य नेपाल एनपिजिए म्याच प्ले आजदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदै छ।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनका कुल आठमध्ये यो दोस्रो प्रतियोगिता हो। यो प्रतियोगितामा गत सिजन अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ गल्फरले खेल्न पाउनेछन्। यद्यपि, नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ भित्र रहेका चार गल्फरले प्रतिस्पर्धा गर्ने छैनन्। त्यसैले उत्कृष्ट २० भित्र रहेका गल्फरले खेल्न पाउने भएका छन्। शुक्रसँगै १४औं वरीयताका टंकबहादुर राई, १५औं वरीयताका बलभद्र राई र १६औं वरीयताका कमल तामाङले व्यक्तिगत कारण देखाउँदै नखेल्ने भएका छन्।

चार गल्फरले नाम फिर्ता लिँदा अर्डर अफ मेरिटमा दोस्रो स्थानका भुवन नगरकोटी प्रतियोगितामा शीर्ष वरीयतामा रहनेछन्। १७औं वरीयताका दीपक मगर, १८औं वरीयताका तोरणविक्रम शाही, १९औं वरीयताका प्रदीपकुमार लामा र २०औं वरीयताका रामकृष्ण श्रेष्ठले म्याच प्लेमा स्थान बनाएका छन्। म्याच प्लेको ड्रअनुसार भुवन नगरकोटीले पहिलो चरणमा रामकृष्णसँग खेल्नेछन्। तेस्रो वरीयताका नीरज तामाङको सामना प्रदीपकुमार लामाले गर्ने भएका छन्।

डिफेन्डिङ च्याम्पियन तथा चौथो वरीयताका दिनेश प्रजापतिले तोरणविक्रमसँग खेल्ने तय छ। दीपक मगरले भने पाँचांै वरीयताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन्। पहिलो चरणकै अर्को खेलमा छैटौं वरीयताका सञ्जय लामा र १३औं वरीयताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुनेछ। सातौं वरीयताका रवि खड्काको सामना १२औं स्थानका रमेश अधिकारीले गर्नेछन्। अर्को खेलमा आठौं वरीयताका रामे मगर र ११औं स्थानका सूर्यप्रसाद शर्माबीच क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।

नवौंका धनबहादुर थापा र दशौं स्थानका भुवनकुमार रोक्काले पहिलो चरणमा एकअर्काको सामना गर्ने तय छ। शनिबार हुने फाइनल भने ३६ होलको हुनेछ। पहिलो चरणमा पराजित आठ खेलाडीले जनही ६ हजार तथा क्वार्टरफाइनलमा पराजित हुनेले ११ हजार रूपैयाँ पाउनेछन्।

विजेताले ६० हजार, दोस्रोले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीले क्रमशः ३२ हजार र २४ हजार रूपैयाँ पाउनेछन्।

प्रकाशित: ११ पुस २०८० ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App