४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप महिला टि२०: सुदूर पश्चिमले कर्णाली हरायो

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ।आज भएको खेलमा सुदूर पश्चिमले कर्णाली प्रदेशलाई ८१ रनबाट हराएको हो। 

यस अघि टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो। जवाफमा १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जम्मा ७० रन बनायो र खेल ८१ रनले हार्न पुग्यो।।कर्णालीको यो लगातार तेस्रो हार हो भने  सुदूर पश्चिमको यो दोस्रो जित हो।

कर्णाली पहिलो खेलमा कोसीसँग तथा दोस्रो खेलमा गण्डकीसँग पराजित भएको हो । भोलि सोमबार कर्णालीले लुम्बिनीसँग खेल्नेछ। सुदूर पश्चिमले पहिलो खेलमा एपिएफसँग पराजित भएको थियो भने  दोस्रो खेलमा  लुम्बिनीलाई हराएको थियो। 

प्रकाशित: ८ पुस २०८० १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App