१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रो क्लब क्रिकेट च्याम्पियनसिप: आज दुई खेल हुँदै

यहाँ सञ्चालित दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ। नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल आर्मी क्लब र पर्सा-११ बीच अर्को प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको अङ्कतालिकामा नेपाल आर्मी चार अङ्कसहित शीर्षस्थानमा छ भने समान चार अङ्कका साथ पर्सा-११ दोस्रो स्थानमा छ।

अङ्कतालिकामा समान दुईदुई अङ्कसहित नेपाल एपिएफ क्लब तेस्रो र नेपाल पुलिस चौथो स्थानमा छन्। भारतको युपी-११ र भारतकै वान्डर्स क्लब अङ्कविहीन छन्।

नारायणी रङ्गशालाप्रति तीनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट संघ र जोहरा इन्टरनेसनलले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका हुन्।

प्रतियोगितामा पर्सा-११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी-११ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिताका प्रबन्धक दाउद अन्सारीले राससलाई जानकारी दिए। प्रतियोगिता पुस १४ सम्म सञ्चालन हुनेछ।

–रासस

प्रकाशित: ८ पुस २०८० ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App