१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट: आर्मीद्वारा नोयडा पराजित

प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा भारतीय टोली वन्डर क्लब नोयडालाई त्रिभुवन आर्मी क्लबले ६ विकेटले पराजित गरेको छ।

नारायणी रंगशालामा जारी खेलमा वन्डर क्लब नोयडाले आर्मीलाई दिएको सय रनको लक्ष्य १३दशमलब १ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

आर्मीका लागि ओपनर ब्याटसम्यान सन्तोष कार्कीले २३ बलमा ३७ रन बनाए।कुशल मल्लले ३५ बलमा ४१ रनको योगदान गरे ।भिम सार्कीले आउट नभई १९ बलमा २० रन हाने। 

 नोयडाका खेलाडी अल्पित गुप्ताले २ विकेट र रितिकले एक विकेट लिए।अल्पितले दुई ओभरमा १७ रन दिए भने रितिकले दुई ओभरमा ७ रन दिएका थिए।

यसअघि नोयडाले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ९९ सय जोडेको थियो।नोयडाका कप्तान  हर्सित सेठीले सर्वाधिक ४५ बल खेल्दै २० रन बनाए । यस्तै रितिक अरोराले २३ बलमा २० रन र बंश बेदीले ११ बलमा १० रन बनाएका थिए । 

त्रिभुवन आर्मी क्लबका बलर साहब आलमले चार  विकेट लिए । उनले चार ओभरमा केवल चार रन खर्चिए ।कुशल मल्ल ,सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट हात पारे ।अहमदले चार ओभरमा १२ रन दिए भने कामीले ४ ओभरमा ३२ रन र कुशलले चार ओभरमा २० रन दिए।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफ सहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले सहभागीता जनाएका छन्।सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।लिगमा पहिलो र चौथो हुनेबिच पहिलो सेमिफाइनल हुनेछ।दोस्रो र तेस्रो हुने टोलीबिच दोस्रो सेमिफाइनलमा हुनेछ।

प्रकाशित: ६ पुस २०८० ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App