२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

अाहा रारा गोल्डकपमा मनाङ र पुलिस भिड्दै

पोखरा – मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार (आज) भिड्दैछन।

खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।

मनाङ वाइ पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने पुलिसले झापा ११ लाई १–० ले हराउदै अघिल्लो चरणमा प्रवेश गरेको हो।
शनिबार सम्पन्न इटहरी गोल्डकपमा थ्री स्टारसँग पराजित हुदै मनाङले दोस्रो स्थानमा चित्त बुझाएको थियो । पछिल्लो समय खराब प्रदर्शन गर्दै आएको पुलिसले केहि दिनअघि सम्पन्न राखेप च्याम्पियनसिपको उपाधि जितेकाले आज उच्च मनोवलका साथ मैदान उत्रदैछ। आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

यसअघि हिजो सम्पन्न खेलमा एपिएफ क्लबलाई टाई–ब्रेकरमा ५–३ ले हराउँदै रुस्लान थ्रिस्टार क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

पोखरा रंगशालामा माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोलीको सहभागिता रहेकाे छ।

मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, संकटा, धरान फुटबल क्लब, सूदुरपश्चिम–११ स्पोर्टिङ क्लब, थ्रीस्टार क्लव, झापा–११, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबसहित आयोजक सहारा क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन्। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।

प्रकाशित: १६ माघ २०७४ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App