१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

चितवनमा खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

चितवनमा तेस्रो एभरेष्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा यही पुस सात र आठ गते भरतपुरको कभर्ड हलमा हुन लागेको हो। यसअघि पहिलो र दोस्रो संस्करण काठमाण्डौंमा भएको थियो।

प्रतियोगितामा सातै प्रदेशका विभागीय टोलीहरुको सहभागिता रहने आज (बिहीबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। तर, यस प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा स्वर्णपदक लिएका खेलाडी सहभागी हुन पाउने छैनन्।

नयाँ प्रतिभालाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई खेलमा सहभागी नगराउने निर्णय गरिएको प्रतियोगिताका संयोजक रमेश कार्कीले जानकारी दिए।

दुर्गम जिल्लाका खेलाडीलाई प्रोत्साहन दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए। प्रतियोगितामा २० केजीदेखि ८० केजी तौलसम्मका खेलाडीले सहभागिता जनाउन सक्नेछन्। 

प्रतियोगिता तौलका आधारमा सञ्चालन गरिने उनले जानकारी दिए। ६५ डोजाङको उपस्थिति रहने प्रतियोगितामा ३७ पदक रहेको उनले बताए। हुम्ला, जुम्ला, खोटाङ लगायतका दुर्गम जिल्ला सहित अन्य जिल्लामा डोजाङहरुको सहभागिता रहने छ। दुर्गम जिल्लाका खेलाडीहरुलाई खाना बस्न सहित खेल सामाग्रीको समेत निःशुल्क प्रदान गरिने संयोजक कार्कीले जानकारी दिए।

प्रतियोगितामा फाइटर टपर तर्फ प्रथम पुरस्कार एक लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ। यस्तै पुम्से तर्फ प्रथम पुरस्कार २० हजार द्धितिय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: ५ पुस २०८० ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App