७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नामी खेलाडी जो आइपीएलमा बिकेनन्

सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सन अर्थात् लिलामी सकिएको छ। जहाँ विश्वका विभिन्न मुलुकका गरी ३३२ जना खेलाडीले सहभागीता जनाएका थिए। तर, ती मध्ये ७७ जना खेलाडीलाई मात्रै खरिद गर्ने काम भयो।

आइपीएलमा सहभागीता जनाउने १० टोलीका लागि ७२ जना खेलाडीको खरिदका लागि दुबईमा मङ्गलवार लिलामी कार्यक्रमको आयोजना गरिएको थियो। जसमा १० जना खेलाडी सबैभन्दा महँगोमा बिक्रि भए। तर, नाम चलेका र सबैले आशा गरिएका केही खेलाडीको बोलि पनि कसैले लगाएन।

नामी खेलाडीका बारेमा जो आइपीएलमा बिकेनन्:

स्टीव स्मिथ

सन् २०२४ मा हुने क्रिकेटको महाकुम्भ भनिने आइपीएलको लिलामीमा अस्ट्रेलियाका पूर्व कप्तान स्टीव स्मिथको बोलि कसैले लगाएन। उनको बेस प्राइस २ करोड भारतीय रुपैयाँ अर्थात् ३ करोड २० लाख नेपाली रुपैयाँ थियो। तर, आइपीएलमा उनलाई कसैले खरिद गरेन।

जोश हेजलवुड

अस्ट्रेलियाका खेलाडी जोश हेजलवुडको पनि बोलि कसैले लगाएन। उनको बेस प्राइस पनि ३ करोड २० लाख नेपाली रुपैयाँ थियो। तर, उनलाई पनि निराशा मात्रै हात लाग्यो।

रेसी वेन डेर डसन

दक्षिण अफ्रिकी खेलाडी रेसी वेन डेर डसनको खरिदार पनि आइपीएलमा भेटेन। ३ करोड २० लाख नेपाली रुपैयाँ बेस प्राइस रहेको उनको बोली कसैले लगाउन चाहेन।  

कायली जेमिसन

विश्वकै सबैभन्दा तीव्र गतिका बलरको रुपमा चिनिने न्यूजील्यानडका कायली जेमिसनको खरिदार पनि आइपीएलमा कोही भएन। उनलाई पनि यसपटकको आइपीएल लिलामीमा निराशा मात्रै हात लाग्यो। उनको बेस प्राइस १ करोड ६० लाख नेपाली रुपैयाँ थियो।

म्याट हेनरी

न्यूजिल्यान्डका स्टार बल म्याट हेनरीको बेस प्राइस ७५ लाख भारतीय रुपैयाँ रहेपनि उनको खरिदार आइपीएलमा कोही भएन।

बेन ड्वारसुइस  

अस्ट्रेलियाका बलर बेनको बेस प्राइस ५० लाख भारतीय रुपैयाँ रहेपनि उनको खरिदार आइपीएलमा कोही भएन।

टाइमल मिल्स  

इङ्ग्ल्यानडका ब्याट्सम्यान मिल्सको बेस प्राइस १ करोड ५० लाख भारतीय रुपैयाँ रहेपनि उनको खरिदार आइपीएलमा कोही भएन।

प्रकाशित: ४ पुस २०८० ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App