१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

३९ करोड ६० लाखमा बिक्रि भए अष्ट्रेलियाका मिचेल स्टार्क

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले  इन्डियन प्रिमियर लिग (आइपिएल )मा कीर्तिमानी रकम पाएका छन्।हिजो भएको आइपिएल अक्सन २०२४ मा उनलाई कोलकाता नाइट राइडर्सले आइपिएल इतिहासकै सर्वाधिक महँगो ३९ करोड ६० लाखमा किनेको हो।

त्यसैगरी दोस्रो सर्वाधिक महँगो मुल्य पनि अष्ट्रेलियाका खेलाडी  प्याट कमिन्स भएका छन् । उनलाई सनराइर्ज हैदराबादले २० करोड ५० लाख भारु झण्डै ३३ करोड नेपाली रुपैयाँमा किनेको हो।

त्यसैगरी न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेललाई  चेन्नई सुपर किंग्सले १४ करोड भा (२२ करोड नेपाली रुपैयाँ) मा किनेको छ।

भारतीय खेलाडी  हर्षल पटेललाई पन्जाब किंग्सले ११ करोड ७५ लाख भारु(झन्डै १९ करोड नेपाली रुपैयाँ) मा किनेको छ।

वेस्टइन्डिजका तीव्र गतिका बलिङ अलराउन्डर अल्जारी जोशेफलाई रोयल च्यालेन्जर्स बेंगलोरले  ११ करोड ५० लाख भारु (१८ करोड नेपाली रुपैयाँ)मा किन्यो ।

त्यसैगरी छैठौ सर्वाधिक महँगो खेलाडीमा अष्ट्रेलिया बायाँ हाते तीव्र गतिका बलर स्पेन्सर जोनसन परेका छन । उनलाई गुजरात टाइटन्सले १० करोड भारु (१६ करोड नेपाली रुपैयाँ) मा किनेको छ ।

प्रकाशित: ४ पुस २०८० ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App